२९ पुष २०७७, बुधबार   273 पटक हेरिएको


image

नबिल बैंक लिमिटेडको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ३६ औं वार्षिक साधारण सभा काठमाण्डौमा बिहान १० बजेबाट सुरू हुनेछ । सभामा बैंकको पुस ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ.ब. २०७६/७७ को मुनाफाबाट बैंकका लगानीकर्ताहरूलाई ३३.५ % (१०० कित्ता बराबर ३३.५ कित्ता) बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.७६ %नगद लाभांश  वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

 बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १५ गते बुक क्लोज गरेको थियो । त्यसैले, पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।





सम्बन्धित समाचार