
नेपाल एसबिआई बैंक लि.(SBI) को २७औँ वार्षिक साधारण सभा आज काठमाडौंमा आज २०७७.०९.२८ गते सम्पन्न भएको छ ।सभाले बैंकको आ.ब.२०७६/७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण, वासलात, आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरण लगायत बिभिन्न बित्तीय बिबरण तथा वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू समेत पारित गरेको छ ।

बैंकका सभाले शेयरधनीहरूलाई मुनाफाको ९.४७% का दरले लाभांश ६% बोनस शेयर र ३.४७% नगद लाभांश (कर प्रयोजन समेत)वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।यसै साधारण सभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

सभामा आर्थिक वर्ष २०७७/७८ मा बैंकको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरिएको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ती (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरू गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।