
प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वार्षिक साधारण सभा आज पुस २७ गते सोमबार काठमाडौं सम्पन्न भएको छ ।यस कम्पनीको वार्षिक साधारण सभामा अनलाइन (भर्चुयल) माध्यम मार्फत सञ्चालन गरिएको थियो ।

यस कम्पनिको सभाले सञ्चालक समितिको बैठकले निर्णय गरे बमोजिम आ.ब २०७५/७६ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ७ % बोनस शेयर र ८ % नगद (कर प्रयोजनका समेतका लागि) गरी कुल १५ % नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि पुस १७ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, यस कम्पनिको पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् ।
यसका साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आ.ब.२०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अन्य वित्तिय विवरणहरू ऊपर छलफल गरी पारित गरीएको छ ।