२७ पुष २०७७, सोमबार   104 पटक हेरिएको


image

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको ७ औ वार्षिक साधारण सभा आज मिति २०७७  पुस २७ गते सोमबार कम्पनीको केन्द्रिय कार्यालय, काठमाडौंमा सम्पन्न भएको छ । 

सभाले सञ्चालक समितिको बैठकले निर्णय गरे बमोजिम आ.ब.२०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई  ५ % बोनस शेयर र ०.२६ % नगद (कर प्रयोजनका लागि) गरि कुल ५.२६ लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।कम्पनीले पारित गरेको लाभांश पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र पाउने छन् । 

यसका साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरिएको छ । त्यस्तै, सभामा कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरीएको छ।





सम्बन्धित समाचार