२७ पुष २०७७, सोमबार   260 पटक हेरिएको


image

नेपालमा धितोपत्र कारोबारको लागि अनिवार्य रहेको डिम्याट खाताको संख्या साढे २४ लाख नाघेको आज पुस २७ गते सम्मको रेकर्डमा २४ लाख ५० हजार भन्दा बढ़ीले  डिम्याट खाता खोलेको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको हो । २०७७.०९.२६ आइतबार मात्रै २२ हजारभन्दा बढी डिम्याट खाता खोलिएको तथ्याङ्कले देखाउँछ । शुक्रवारसम्म २४ लाख २८ हजार ३३४ हितग्राही खाता खुलेकोमा सोमवार यो संख्या २२ हजार ८३९ ले बढेको हो । 

माघ २ गतेदेखि हालसम्मकै सर्वाधिक ८ करोड कित्ता शेयर नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्कासन गर्दैछ । पछिल्लो समय दैनिक डिम्याट खाता खोल्नेको संख्या बढ्नुका प्रमुख कारण सबैको भागमा पर्ने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर रहेको छ भने साधारण शेयरबाट बढ़ी फाईदा हुने भन्ने सोचका साथ डिम्याट खाता खोल्नेको बैंक तथा क्यापिटलहरुमा मानिसको भीड़ देख्न सकिन्छ । प्राथमिक बजारमा निष्कासन हुने शेयर पाउन भाग्य भरोसा रहनुपर्ने अवस्थामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर भने सबै आवेदकलाई पर्ने निश्चित छ । 

केही साता देखि धितो पत्र बजारको कारोबार रकम र नेप्से सूचक अहिले सम्मकै उच्च बिन्दु पुगेकोले बजारमा उत्साह छाएको छ। प्राथमिक बजारमा निष्कासित शेयरहरु दोस्रो बजारले गति लिएका कारण राम्रो मूल्यमा खरिद विक्री हुने गरेकाले पनि यस क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको हो। साथै हाल सबै आवेदकलाई न्यूनतम १० कित्ता बाँडफाँटको व्यवस्थाले गर्दा पनि डिम्याट खाताको संख्यामा बृद्धि भएको छ । यी विविध कारणले गर्दा बढेको हितग्राही खाताको कारण शेयर कारोबार व्यवस्थित हुने अपेक्षा सिडिएससीको छ।  





सम्बन्धित समाचार