२७ पुष २०७७, सोमबार   312 पटक हेरिएको


image

काठमाडौंमा उपत्यकामा पछिल्लो केहि दिनदेखि गर्मीको महसुस हुन थालेको छ। केही दिन यता ह्वात्तै प्रदूषण बढेको काठमाडौंमा पछिल्लो दुई दिनदेखि काठमाडौं उपत्यकामा दिउँसो गर्मी अनुभव हुन थालेको छ। शुक्रबार काठमाडौंको अधिकतम तापक्रम २१ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो। त्यस्तै शनिबार २२ दशमलव ४ डिग्री सेल्सियस पुगेको थियो। अघिल्लो हप्ता देशका विभिन्न भागमा वायु प्रदूषण ह्वात्तै बढ्दा अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम बढेको थियो। बदली भए पनि त्यतिबेला धेरै चिसो महशुस भएको थिएन। शुक्रबारदेखि मौसम सफा हुन थालेपछि दिउँसोको समयमा अधिकतम तापक्रम बढेको हो।

आइतबारको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बढेर २४ डिग्री सेल्सियस पुग्ने महाशाखाको अनुमान छ। अबको केही दिनसम्म काठमाडौ‌ंको तापक्रम यही हाराहारीमा रहने मौसमविद् ले जानकारी दिए।





सम्बन्धित समाचार