२६ पुष २०७७, आईतवार   1268 पटक हेरिएको


image

नेपाल को निर्माणमा हरेक जातीय,भाषिक र सांस्कृतिक समुदायको आ –आफ़नै बिशिस्ठ योगदान रहेको र अहिले देश कसरी जोगाउन सक्रिन्छ भन्ने चिन्तामा रहेको पूर्वराजा ज्ञानेन्द्र शाहले बताएका छन् । आइतबार २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ज्ञानेन्द्रले नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा प्रेम,सदभाब,र एकताका निम्ति शुभकामनामा  यस्तो बताएका हुन् । 


नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्रभक्तिले ओतप्रोत भएर बडामहाराजाधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन असर्पण गर्नुभएको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौँ’, ज्ञानेन्द्रले भनेका छन्, ‘यो समयमा देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ ।

“राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको दिब्यउपदेश नेपालको एकता र समृद्दीमा  लक्षित भएको महशुस हामी सबैले गरेको छौ “ उहाको शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।





सम्बन्धित समाचार