२६ पुष २०७७, आईतवार   283 पटक हेरिएको


image

नेपालको पत्रकारितामा छोटो समयमै भिन्दै पहिचान र सर्वाधिक सफल चर्चित प्रस्तोता रवि लामिछानेले न्यूज २४ टेलिभिजनबाट राजीनामा दिएका छन् । उहाले चलाउदै आएको कार्यक्रम “सीधा कुरा जनतासँग” बाट चर्चित तथा धेरै पटक बिबादितमा पनि पर्नु भएका हुन ।नेपाली न्यूज च्यानलको भीड़मा “न्यूज २४ टेलिभिजन” को “सीधा कुरा जनतासँग” कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताको जिम्मेवारीमा रहेका लामिछानेले औपचारिक रुपमा टेलिभिजन छोडेका हुन्।

 उहाले न्यूज २४ मा पाँच वर्ष काम गरे। टेलिभिजन छाडेको विषयमा न्यूज टिमलाई  औपचारिक जानकारी गराउँदै अब नयाँ योजनामा जाने बताएका छन्। चार वर्षयता ‘सीधा कुरा जनतासँग’ चलाएका लामिछानेले ६ सय ३५ भागसम्म कार्यक्रम निर्माण गरे। बिहीबार पनि उक्त कार्यक्रम प्रसारण हुँदैछ।

“सीधा कुरा जनतासँग” कार्यक्रम न्यूज २४ मै अझै केही भाग प्रसारण हुने बताइएको छ। श्रोतका अनुसार उहाले ५ महिना अघि राजीनामा दिए पनि स्वीकृत भएको छैन। अब चर्चित प्रस्तोता लामिछाने सीधा कुरा जनतासँग कार्यक्रम मार्फत् नै टेलिभिजनमा आउने छन् । तर कुन टेलिभिजन हुनेछ त्यो अहिले सम्म जानकारीमा आएको छैन।





सम्बन्धित समाचार