२५ पुष २०७७, शनिबार   261 पटक हेरिएको


image

नेपाल बंगलादेश बैंक लिमिटेड (NBB) को २०७७ पुस ३ गते शुक्रबार बसेको  सञ्चालक समितिको बैठकले गरेको  निर्णय अनुसार बैंकको २६ औं वार्षिक साधारण सभा भोलि पुस २६ गते, आइतबार भर्चुयल माध्यमबाट सञ्चालन हुने भएको छ ।

सभामा बैंकको यही २०७७  मंसिर १५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ.ब.२०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ % बोनस शेयर र २.४२ % नगद (कर प्रयोजनका लागि) गरी कुल ८.४२ %  नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १० गते एकदिन बैंकको बुक क्लोज गरेको थियो । त्यसैले, पुस ९ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयर लगानीकर्ताहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।





सम्बन्धित समाचार