२५ पुष २०७७, शनिबार   375 पटक हेरिएको


image

प्रभु बैंक लिमिटेड (PRVU) को पुस १ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको  निर्णय अनुसार बैंकको १९ औं वार्षिक साधारण सभा भोलि पुस २६ गते, आइतबार, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुयल माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा बैंकको मंसिर २१ गते, आइतबार बसेको सञ्चालक समितिको  बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० % बोनस शेयर र ०.५२६३ % नगद (कर प्रयोजनका समेत) गरी कुल १०.५२६३ % लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस बैंकको लाभांश नेपाल राष्ट्र बैंकले २०७७.०८.३० गते स्वीकृत गरिसकेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १० गतेदेखि बैंकको बुक क्लोज गरेको छ । त्यसैले, बैंकको पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।





सम्बन्धित समाचार