२५ पुष २०७७, शनिबार   236 पटक हेरिएको


image

अहिले भारतमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि नेपाल सरकारले नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । भारतको यी बिभिन्न चारवटा राज्यमा मध्य प्रदेश, केरला, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्ड फ्लू पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यी स्थानहरुमा   बर्ड फ्लू संक्रमण संगै नेपालमा उच्च जोखिम संक्रमण हुने भएको ले थप सतर्कता अपनाउन आग्रह गर्दै सरकारले निर्देशन दिइएको हो ।

बर्ड फ्लू संक्रमण देखिएपछि सरकारले भारतबाट नेपाल भित्रिने पशुपन्छी तथा पशुपन्छीजन्य वस्तुको कारोबारमा उच्च निगरानी राख्न माताहतका  कार्यालयहरुलाई निर्देशन दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो । पशुपन्छीको आयातमा स्यानिटरी सर्टिफिकेट अनिवार्य गर्न र पशुपन्छीको खुल्ला व्यापारमा कडाई गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा.श्रीराम घिमिरेले बताए ।

नेपालको दक्षिणतर्फका सबै नाका काँकडभिट्टा, वीरगन्ज, भैरहवा, कृष्णनगर, नेपालगन्ज, कैलाली तथा गड्डाचौकी नाकामा विशेष ध्यान दिन आग्रह गरिएको मन्त्रालयका प्रवक्ताले जानकारी दिनु भयो।
देशभर कतै ठूलो परिमाणमा कुखुरा बिरामी भए वा शंकास्पद लक्षण देखिए तुरुन्त मन्त्रालय वा नजिकैको कार्यालयमा सम्पर्क गर्न पनि मन्त्रालयले कृषकलाई आग्रह गरेको छ ।

भारतको हिमाचल प्रदेशमा बिभिन्न स्थानबाट जस्तै साइबेरिया र मङ्गोलियाबाट बसाइसराई गरिआएका दुई हजार चारसय खोया हाँसहरू मरेको बीबीसी हिन्दीले जनाएको छ । केरलामा १२ हजार हाँसहरू मरेको र मध्य प्रदेशमा १० दिनमा सयौँ कागहरु मृत अवस्थामा भेटिएको र बकुल्ला र सुगाहरू समेत मरेको पाइएको बीबीसीले उल्लेख गरेको छ । नेपालमा भने हाल सम्म कुनै स्थानमा बर्ड फ्लू संक्रमण  फेला नपरेको मन्त्रालयले जनाएको छ।





सम्बन्धित समाचार