२५ पुष २०७७, शनिबार   447 पटक हेरिएको


image

नेपाल धितोपत्र बोर्ड (SEBON)ले शेयर कारोबार राफसाफ कारोबार समयको दुई दिनभित्र सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।यसअघिको कारोबार समयको तीन दिनभित्र राफसाफ गर्ने निर्णयलाई संशोधन गर्दै दुई दिनभित्र कारोबार राफसाफ गर्ने व्यवस्था (टी+२) लागू गरेको हो ।अहिले भईरहेको प्रणालीलाई ब्यबस्थित बनाई कारोबार राफसाफ समय मिलाएको हो ।

बोर्ड(SEBON)ले उक्त व्यवस्था सिडिएस एण्ड क्लियरिङ हाउसले आवश्यक व्यस्थापन गरी सार्वजनिक सूचना मार्फत गर्ने बोर्डले जनाएको छ । यो टी+२ लागू भएपछि कारोबार समय छोट्टिएर धितोपत्र कारोबार थप गतिशिल, सहज र सरल हुने विश्वासका साथ नयाँ व्यवस्था लागू गरिएको धितोपत्र बोर्डद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।लगानीकर्तामा  थप उत्साह बढ़ने छ ,किन भने कारोबार समय छोटीएकोले अझै बढी धेरै कारोबार हुने शेयर बजार  सम्बन्धी जानकारहरु को ठम्याई रहेको छ ।यो अघि शेयर कारोबार टी+३ हुँदा धेरै लगानीकर्ताहरुले आफूले किनेको शेयर खातामा नपाएर बढि मूल्य आउँदा समेत बिक्री गर्न पाएका थिएनन्। हालको व्यवस्थाले शेयर कारोबारमा थप सहज हुने विश्वास गरिएको छ ।





सम्बन्धित समाचार