२४ पुष २०७७, शुक्रबार   429 पटक हेरिएको


image

अहिलेको प्रबर्धनात्मक प्रतिस्पर्धा बजारमा आफ्नो ब्यापार ब्यबसायको प्रचार प्रसारमा बिभिन्न उपाय अपनाउने गर्द्छन । यही सन्दर्भमा राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल वर्ल्ड-२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ। बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी बैंकको व्यवसाय प्रवर्द्धनका लागि श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक र दि हिडन ट्रेजर प्रालि बीच भएको सम्झौता अनुसार श्रेष्ठ बैंकको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी हुन्।

आधुनिक डिजिटल बैंकिङ्ग सेवाबारे ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसाय प्रवर्द्धन गर्न बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्त गरिएको बैंकका कार्यकारी अधिकृत बताउनु भयो। सो कार्यक्रममा मिस नेपाल वर्ल्ड-२०२० नम्रता श्रेष्ठले आफू सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुशी लागेको बताइन्।





सम्बन्धित समाचार