२४ पुष २०७७, शुक्रबार   446 पटक हेरिएको


image

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC)को ७ औ  वार्षिक साधारण सभा आज पुस २४ गते शुक्रबार एशियन होटेल रूपन्देहीमा सम्पन्न भएको छ । यस वार्षिक साधारण सभामा अनलाइन भर्चुयल माध्यम मार्फत सहभागी हुने व्यवस्था गरिएको थियो ।

सभाले सञ्चालक समितिको बैठकले निर्णय गरे बमोजिम शेयरधनीहरूलाई ९ % बोनस शेयर र ३.६३ % नगद लभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाले पारित गरेको लाभांश पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले पाउने छन् । 

यसै गरि सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आ.ब २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरि पारित गरिएको छ । त्यस्तै, आ.ब २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरीएको छ ।





सम्बन्धित समाचार