२४ पुष २०७७, शुक्रबार   238 पटक हेरिएको


image

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले यही २०७७ माघ ०४ गते देखि आईपिओ निष्काशन गर्ने भएको छ । यस आइपीओ सुरुमा आयोजना प्रभावित स्थानियलाई निष्काशन गर्न लागेको जनाएको छ।यस  कम्पनीको शेयर निष्काशन बन्द छिटोमा माघ १८ र ढिलोमा फागुन ०३ गते बन्द हुने निष्कासन कम्पनीले जनाएको छ ।यस कम्पनिलाई नेपाल धितोपत्र बोर्ड (SEBON)ले यही पुस २१ गते आईपिओ निष्काशन गर्न कम्पनीलाई अनुमति दिएको हो ।

पहिलो चरणमा १४, ५०,००० कित्ता साधारण सेयर स्थानियलाई प्रति कित्ता रु १०० रुपैयाका दरले निष्काशन गरेको छ । कम्पनीले जारी पुँजीको ३०% अर्थात् ४,३५०,००० कित्ता आइपीओ सेयर प्रति कित्ता रु १०० रुपैयाका दरले स्थानिय र सर्वसाधरणलाई निष्काशन गर्नेछ ।

यस कम्पनीको शेयर खरीद गर्ने इच्छुक आवेदकले न्युनतम १० कित्ता देखि २,००,००० कित्ता सम्म आवेदन दिन सक्नेछन् । निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार