२४ पुष २०७७, शुक्रबार   496 पटक हेरिएको


image

काठमाडौंको चर्चित पर्यटकीय स्थल चन्द्रागिरी हिल्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) आज मिति २०७७/०९ /२४ गते देखि जारी गर्ने भएको छ । केही समय अघि मात्र यस कम्पनीले स्थानीयको लागि शेयर जारी गरिसकेको छ । धितोपत्र बोर्डले चन्द्रागिरी हिल्स लि.को शेयर प्रतिकित्ता १ सय रुपैयाँका दरले साढे १८ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति दिएको हो । कुल १ अर्ब ५३ करोड चुक्तापुँजी रहेको यो कम्पनीले १२% सेयर आयोजना प्रभावित र बाकी सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । कम्पनिको शेयर निस्कासन बन्द हुने मिति छिटोमा भने मिति २०७७/०९/२८ गते तोकेको छ । अहिले कम्पनीले १५,३४,०९१ जारी गर्न लागेको हो । जसमा ४% अर्थात ६१,३६ ४ कित्ता कर्मचारी र ७६,७०५ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएको छ । बाकी रहेको १३,९६,०२२ कित्ता सर्बसाधारणले आबेदन दिन पाउने छन । धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइ एम ई क्यापिटल लि रहेको छ ।

यस कम्पनिको शेयरमा न्यूनतम १० कित्ताको लागि आवेदन दिन सकिनेछ। अहिलेको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताको संख्या पनि १० लाख ५० हजार भन्दा बढी रहेको हुंदा न्यूनतम १० कित्ताको लागि आबेदन दिनु नै उत्तम हुने शेयर सम्बन्धी जानकारहरु दिपक कार्की भन्नुहुन्छ। कम्पनीको शेयर सर्बसाधारणको लागि जम्मा १३,९६,०२२ कित्ता भएको कारणले धेरै लगानी कर्ताको हात खालि हुने निश्चित रहेको अनुमान लगाउन सकिन्छ।





सम्बन्धित समाचार