२३ पुष २०७७, बिहीबार   203 पटक हेरिएको


image

पर्सा जिल्लाको पर्सागढी नगरपालिका ४ स्थित बेलवाबाट पौष २२ गते एपीएफ टोलीले करीव २२ क्यूफिट सालको गोलिया काठसहित दुई जनालाई प’क्राउ गरेको छ। प’क्राउ पर्नेहरुमा सोही जिल्लाको पर्सागढी नगरपालिका ८ बस्ने ३० वर्षिय राधेश्याम राम र ४० वर्षिय रामरवि देबी छन् ।सलकपुर जंगलबाट कटान गरी उक्त गोलिया काठ ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बेलुवाबाट खटिएको एपीएफ टोलीले प’क्राउ गरेको हो ।प’क्राउ परेकाहरुलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय सवैयामा बुझाईएको छ ।

एपीएफ टोलीद्वारा लागू’औ’षध सहित दुई जना पक्राउ:–

 रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मीपुर स्थित सीमा ईलाकाबाट पौष २२ गते एपीएफ टोलीले ११ बोतल कोकास डिएक्स नामक लागू’औ’षधसहित दुई जनालाई पक्राउ गरेको छ ।प’क्राउ पर्नेहरुमा सोही जिल्लाको माधवनारायण नगरपालिका ४ बस्ने २० वर्षिय अनिल साह र १८ वर्षिय पिन्टुकुमार पटेल छन् ।ना. २३ प ४७२३ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट बेलविछुवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त ला’गूऔ’षध फेला परेपछि प’क्राउ गरिएको हो ।प’क्राउ परेकाहरुलाई बरामद ला’गूऔ’षध तथा उक्त मोटरसाईकलसहित आवश्यककारवाहीको लागि प्रहरी चौकी बेलविछुवामा बुझाईएको छ ।





सम्बन्धित समाचार