२३ पुष २०७७, बिहीबार   183 पटक हेरिएको


image

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दु’र्घटना हुँदा एक जनाको मृ’त्यु’ भएको छ । दुर्घ’टना’मा सात जना घा’इते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दु’र्घट’ना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृ’त्यु’ भएको जिल्ला प्र’हरी कार्यालय बागलुङका सूचना अधिकारी प्रह’री निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

दु’र्घटना’मा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, छ वर्षीय योजन विक र रुपन्देही देवी नगरका पाँच वर्षीय सत्य लोहार रहेको भण्डारीले बताए । कुलपूजाका लागि बाहुन गाउँ आएका उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घा’इते सातै जनालाई उद्दार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको छ । दुर्घ’टनाको कारण भने खुल्न सकेको छैन ।– रासस





सम्बन्धित समाचार