२२ पुष २०७७, बुधबार   183 पटक हेरिएको


image

सिनर्जी पावर डेभलपमेन्ट  (SPDL)ले एकै पटक ३ वटा आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनी आज मिति २०७७ पुस २२ गते बुधबार भर्चुयल माध्यमबाट आ.ब. ७४/७५. ७५/७६ र ७६/७७ को सभा सम्पन्न गरेको हो । 

 प्रस्ताबित लाभांश सहितका प्रस्ताब सभाले सर्वसम्मतले पारित गरेको छ। कम्पनीले २०७७ असारसम्मको खुद मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५% बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ % नगद गरि कुल ५ % लाभांश वितरणको प्रस्ताव गरेको थियो। कम्पनीले आईपिओ निष्काशन गरेपछि पहिलो पटक लाभांश प्रस्ताव गरेको हो ।

त्यसैगरि,सभाले उल्लेखित आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, आ.ब२०७७/०७८ को लागि लेखापरीक्षक नियुक्ति गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन  गर्ने, संशोधित नियमावली र प्रबन्धपत्रमा कुनै फेरबदल गर्नु परे संचालक समितिलाई आख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ।सभामा कम्पनीका अध्यक्ष थापाले आगामी वर्षहरुमा लाभांश दर बढाउदै लैजाने प्रतिबद्दता व्यक्त गरेका छन् । 





सम्बन्धित समाचार