२२ पुष २०७७, बुधबार   221 पटक हेरिएको


image

नारायणी डेभलपमेन्ट बैंक लि.ले वार्षिक साधारण सभा आह्वान गरेको छ ।  बैंकको यही पुस २१ गते, मंगलबार बसेको सञ्चालक समितिको १९ औ बैठकले गरेको निर्णय वार्षिक साधारण सभा माघ १६ गते, शुक्रबार, स्टार ब्याङक्वेट, रत्ननगर, चितवनमा दिउँसो १ बजेदेखि सुरू हुनेछ ।

सभामा धितोपत्र बोर्डले अनुमति दिएको १००% हकप्रद बिक्रीपछि कायम हुने १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ चुक्ता पुँजीमा १:२ अनुपातमा (२००%) पुनः हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेश गरिनेछ । बैंकले १:१ अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्कासन गर्न पुष २० गते, सोमवार बोर्डबाट अनुमति पाएको छ ।  

साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट आ.ब.२०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आ.ब.२०७६/७७ को  लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अन्य वित्तिय विवरणहरू उपर छलफल गरी पारित गर्ने, आ.ब. २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।त्यसैगरी, बैंकले साधारण सभा प्रयोजनका लागि २०७७ पुष २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुष २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।





सम्बन्धित समाचार