२१ पुष २०७७, मंगलवार   403 पटक हेरिएको


image

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आ.ब २०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको २०७७.०९.२० मा बसेको २३८ औ बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट कुल ३८ प्रतिशत प्रस्तावित लाभांशमा ३६.१ (बोनस शेयर)% ले हुन आउने ३८ करोड १६ लाख ८९ हजार १२७ रुपैयाँबराबरको बोनस सेयर र १.९ (नगद लाभांश कर प्रयोजन सहित)%ले हुन आउने २ करोड ८८ हजार ९०१ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

यसैबीच आ.ब. २०७७/७८ मा कम्पनीबाट हकप्रद सेयर जारी गरी चुक्तापुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुगेको हुँदा उपरोक्त लाभांश आगामी वार्षिक साधारणसभाका लागि निर्धारण हुने बुक क्लोजको मितिसम्म कायम हुने सेयरपुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँमा २७.७६९% ले हुने बोनस सेयर र १.४६२ प्रतिशत हुन आउने नगद लाभांश गरी कुल २९.२३१ % हुने पनि कम्पनीले स्पष्ट पारेको छ। प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी लगानीकर्तालाई बितरण गर्ने कम्पनीले जनाएको छ।





सम्बन्धित समाचार