
नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेका देहायका पदहरु खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिक को लागि दरखास्त पेश गर्न आव्हान गरेको छ । दरखास्त फाराम भने नेपाली सेनाबाट निःशुल्क उपलव्ध गराईने जनाएको छ । नेपाली सेनाले विभिन्न पद लेखा जमदार,पुजारी हुद्धा, अमल्दार कर्मचारी,बन्दोबस्ती कार्य सिपाही,सुचिकार,कुचिकार,चर्मकर्मी,लोहकार,धोबी,केशकर्तक,सयस को लागि दरखास्त पेश गर्न आव्हान गरेको हो।
दरखास्त फाराम पेश गर्ने स्थान र मितिः
स्थानः नाराय०ाहि उत्तर तर्फको गेट (धोवीचौर तर्फ) श्री नेपाल क्याभल्रीेको खेल मैदानमा दरखास्त फाराम वितर०ा गरिने र २०७७/०९/२१ गतेदेखि अन्तिम मिति २०७७/१०/२१ गतेको कार्यालय समय भित्र उल्लेखित स्थानमा नै दरखास्त फाराम पेश गर्नुपर्ने जनाएको छ। दरखास्त दस्तुर लेखा जमदार को लागि रु ३०० , पुजारी हुद्दा र अमल्दार कर्मचारी रु.२०० र बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस को लागि रु.१०० तोकिएको छ।
