२० पुष २०७७, सोमबार   794 पटक हेरिएको


image

काठमाडौंको चर्चित पर्यटकीय स्थल  चन्द्रागिरी हिल्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) मिति २०७७/०९ /२४ गते देखि जारी गर्ने भएको छ । केही समय अघि मात्र यस कम्पनीले स्थानीयको लागि शेयर जारी गरिसकेको छ  ।   धितोपत्र बोर्डले चन्द्रागिरी हिल्स लि.को शेयर  प्रतिकित्ता १ सय रुपैयाँका दरले साढे १८ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति दिएको हो । कुल १ अर्ब ५३ करोड चुक्तापुँजी रहेको यो कम्पनीले १२% सेयर आयोजना प्रभावित र बाकी सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । 
कम्पनिको शेयर निस्कासन बन्द हुने मिति छिटोमा भने मिति २०७७/०९/२८ गते तोकेको छ । अहिले कम्पनीले १५,३४,०९१  जारी गर्न लागेको हो । जसमा ४% अर्थात ६१,३६ ४ कित्ता कर्मचारी र ७६,७०५ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएको छ । बाकी रहेको १३,९६,०२२ कित्ता  सर्बसाधारणले आबेदन दिन पाउने छन । धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइ एम ई क्यापिटल लि . रहेको  छ ।

यस कम्पनिको शेयरमा न्यूनतम १० कित्ताको  लागि आवेदन दिनुपर्ने कम्पनिले जनाएको छ ,र अहिलेको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताको संख्या पनि १० लाख ५० हजार भन्दा बढी रहेको हुंदा न्यूनतम १० कित्ताको लागि आबेदन दिनु नै उत्तम हुने शेयर सम्बन्धी जानकारहरु बताऊ छन । यस कम्पनीको शेयर सर्ब साधारण को लागि जम्मा १३,९६,०२२ कित्ता भएको कारणले यस कम्पनीको ५० % भन्दा बढी लगानीकर्ताको हात खाली हुने अनुमान गर्न सकिन्छ ।





सम्बन्धित समाचार