२० पुष २०७७, सोमबार   716 पटक हेरिएको


image

नेपाल इन्फ्रास्ट्रकचर बैंकले यही मिति २०७७ माघ २ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । बैंकले यही २०७७ माघ २ गतेदेखि आईपिओ निष्काशन गर्ने गरि मंगलबार आह्वान पत्र प्रकाशित गर्ने भएको छ । 

यस बैंकले  एक सय रुपैयाँ दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको साधारण शेयर (आईपिओ)निष्काशन गर्ने छ।  कुल साधारण शेयर (आईपिओ)को ५ % सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने कर्मचारीलाई  ०.०२ % शेयर छुट्याईएको छ।  अरु बाँकिरहेको शेयर सर्बसाधारणको लागि निष्काशन हुने छ । 

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (SEBON)ले बैंकलाई २०७७ पुस १० गते साधारण शेयर निष्काशनको अनुमति दिएको थियो ।अहिले सम्म कै नेपाली बजारमा आउँन लागेको यो हालसम्म कै धेरै संख्याको साधारण शेयर हो।यस बैंकको साधारण शेयर धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको लागि एनआइबिएल एस क्यापिटल रहेको छ ।





सम्बन्धित समाचार