२० पुष २०७७, सोमबार   409 पटक हेरिएको


image

बिगत तिन दिन देखि देशको सम्पूर्ण भूभागमा चिसोपना संगै पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षा हुने भएको छ । हिमाली तथा पहाड़ी भू भागमा भारी हिमपात हुन सक्ने मौसमविद्ले जानकारी गराउनु भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशको धेरैजसो स्थानमा बुधबारसम्म बदली भई हल्का वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । मौसमविद् श्रेष्ठका अनुसार ठूलो वर्षाको सम्भावना भने छैन, बुधबारसम्म घाम लाग्ने सम्भावना भने कमै छ ।

काठमाडौँमा आज बिहान हल्का वर्षा भएको थियो । त्यस्तै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात पनि भएको छ । हाल देशभर सामान्य बदली रहेको छ । दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम कर्णाली, गण्डकी, वाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातका साथै छिटपुट हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री र अधिकतम तापक्रम २०.५ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम -०.६ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १३.८ डिग्री सेल्सियस छ ।





सम्बन्धित समाचार