२० पुष २०७७, सोमबार   286 पटक हेरिएको


image

सिद्धार्थ बैंक लिमिटेड (SBL)ले वार्षिक साधारणसभा आह्वान गरेको छ ।यस सिद्धार्थ बैंक लिमिटेड कम्पनीको १९औं वार्षिक साधारणभा २०७७ माग १६ गते काठमाडौंमा भर्चुयल माध्यमबाट विहान ११ बजेबाट  हुने भएको छ ।

यस कम्पनिको सभाले संचालक समितिले प्रस्ताव गरेको आ.ब. २०७६/७७ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने र गाभिने, प्राप्ति तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई खख्तियारी प्रदान गर्ने पस्ताव पारित गर्नेछ । यसैगरि संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आ.ब. २०७६/७७ को बार्षिक प्रतिवेदन , लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण ,नगद प्रबाह  तथा आ.ब. २०७७/७८ को लागि  लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक आदि बिषय  माथि छलफल गरि पारित गर्ने छ ।

साधारण सभा प्रयोजनको लागि २०७७ पौष २८ गते एक दिन बुक क्लोज रहेको छ । पौष २७ सम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछ्न ।





सम्बन्धित समाचार