२० पुष २०७७, सोमबार   478 पटक हेरिएको


image

काठमाडौं । सरकारले को’रोना भा’इरस म’हामारी कम हुन थालेको भन्दै विद्यालय खोल्ने तयारी शुरु गरेको छ । सुरक्षा तथा स्वास्थ्य मापदंड पुराएर सरकारले म’हामा’रीको कारण देखाउँदै बन्द गरेका सबै क्षेत्र खुलाउने निर्णय गरेको छ । २०७६ चैतदेखि बन्द भएका विद्यालय ,कलेज लगायतका सबै क्षेत्र खुलाउने निर्णय गरेको हो । को’रानाभाइरस म’हामा’रीपछि बन्द भएका विद्यालयहरू खुल्नका लागि मन्त्रिपरिषद्मा सिफारिस गरिने भएको हो । यद्यपी तत्कालै खुल्ने सम्भावना भने नरहेको स्रोतको भनाई छ । आइतबार बसेको को’भिड रोकथाम सम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला को’भि’ड सं’कट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुला गर्ने निर्णय गरेको छ । विद्यालयहरु गत चैत महिनादेखी बन्द भएका छन् । केही पालिकामा भने विद्यालयहरु सञ्चालनमा आइसकेका छन् भने राजधानीका पनि केही विद्यालय खुलिसकेका छन् ।

प्रधा’नमन्त्री तथा म’न्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले सरकारको पूर्वनिर्णय अनुसार रोक लगाइएको सबै क्षेत्रहरूमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड सं’कट व्यवस्थापन केन्द्रलाई दिने निर्णय भएको बताए । को’भि’डको सं’क्रमण कम भएको, बजारमा भीडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ को’रोना भाइ’रसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए/नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई का’रबाही गर्ने निर्णय पनि गरेको छ । नयाँ प्रकारको को’रोनाभा’इरस देखिएका संयुक्त अधिराज्य बे’लायत लगायतका विभिन्न देशबाट आउने यात्रुलाई १० दिनसम्म क्वारे’न्टिनमा बस्ने व्यवस्थाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसी निर्देशक समितिले गरेको छ । यस्तै, तेस्रो मुलुकबाट आउने व्यक्तिहरूलाई अनलाइन फारम भर्ने व्यवस्था मिलाइएकोमा त्यसलाई नयाँ भा’इरसको कारणले अझ प्रभावकारी रूपमा भराउने सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले एअरलाइन्सहरूलाई निर्देशन दिने सम्बन्धी निर्णय भएको पनि सचिव गुरागाईंले बताए ।लकडाउन खुले पनि धेरै मानिस जम्मा हुने ,भीड़भाड बढी हुने स्थानमा सरकारले लगाउदै आएको बन्देज आजबाट खुल्ला गरेको छ । हाल सम्म नखुलेका चलचित्र घर, जिमखाना,ब्यूटी पार्लर ,मलआदि लगायतका क्षेत्र समेत खुल्ला गरिएको छ ।

प्रधा’नमन्त्री तथा म’न्त्रीपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार महामारीका कारण बन्द गरिएको क्षेत्रहरु पुनः बन्द गर्नुपर्ने अवस्था आएमा सबै अधिकार जिल्लास्तरीय सं’कट व्यवस्थापन समितिलाई प्रत्यायोजन समेत गरिएको छ । उनका अनुसार आइतबारको निर्णयपछि बिगतबाट महामारीका कारण बन्द भएका देशका सबै क्षेत्र अब खुल्ला गर्ने गरी मन्त्रीपरिषदमा सिफारिस गर्ने निर्णय भएको हो ।





सम्बन्धित समाचार