१९ पुष २०७७, आईतवार   304 पटक हेरिएको


image

आज बसेको बैठकले सुरक्षा तथा स्वास्थ्य मापदंड पुराएर सरकारले महामारीको कारण देखाउँदै बन्द गरेका सबै क्षेत्र खुलाउने निर्णय गरेको छ । आइतबार बसेको बैठकले २०७६ चैतदेखि बन्द भएका विद्यालय ,कलेज लगायतका सबै क्षेत्र खुलाउने निर्णय गरेको हो ।लकडाउन खुले पनि धेरै मानिस जम्मा हुने ,भीड़भाड बढी हुने स्थानमा सरकारले लगाउदै आएको बन्देज आजबाट खुल्ला गरेको छ ।हाल सम्म  नखुलेका चलचित्र घर, जिमखाना,ब्यूटी पार्लर ,मलआदि लगायतका क्षेत्र समेत खुल्ला गरिएको  छ । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार महामारीका कारण बन्द गरिएको क्षेत्रहरु पुनः बन्द गर्नुपर्ने अवस्था आएमा सबै अधिकार जिल्लास्तरीय संकट व्यवस्थापन समितिलाई प्रत्यायोजन समेत गरिएको छ । उनका अनुसार आइतबारको निर्णयपछि बिगतबाट महामारीका कारण बन्द भएका देशका सबै क्षेत्र अब खुल्ला गर्ने गरी मन्त्रीपरिषदमा सिफारिस गर्ने निर्णय भएको हो ।





सम्बन्धित समाचार