१९ पुष २०७७, आईतवार   659 पटक हेरिएको


image

काठमाडौं, पुस१९, चितवनको भरतपुरमा निमार्ण गरिरहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल प्रालिले धुर्मुससुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ । रंगशाला निमार्णाधिन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुससुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गर्नुभएको हो। रंगशाला निमार्णमा सहयोग पुग्नेहिसावले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताउनुभयो। धुर्मुस सुन्तली फाउन्डेसनका सिताराम कट्टेल धुर्मुसले थालेको एकल अभियानमा आफूहरु सहयोगी हातका रुपमा उभिनपाउँदा खुसी लागेको थापाको भनाइ थियो। यसअघि पनि सिताराम कट्टेल धुर्मुसजीले सामाजिक काममा सफलता पाइसक्नु भएको छ,ु थापाले थप्नुभयो, रंगशाला बनाउने अभियान बढिरहेकाले काठमाडौंबाट चितवन आएर चेक हस्तान्तरण गरेको हुँ।


त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वनविश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ। रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । २० बिघाहा ६ कठ्ठाक्षेत्रफलमा निर्माण हुने रंगशाला ३० हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहनेछ। मुख्य गेटको डिजाइन स्तुप रहनेछ। रंगशालासँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदानसमेत हुनेछ।





सम्बन्धित समाचार