१९ पुष २०७७, आईतवार   468 पटक हेरिएको


image

अंग्रेजी नयाँ सालको पहिलो कारोबार तथा साताको पहिलो दिन आज शेयर बजारले नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसूचकले यो भन्दा अघिको सबै विन्दुलाई तोडेर नयाँ रेकर्ड बनाएको छ ।

आइतबार शेयर कारोबार सूचक नेपाल स्टक एक्सचेंज (नेप्से) परिसूचक ८८.१२ अंकले बढेर २१७५.३९ विन्दुमा पुगेको छ । यो अहिले सम्मकै उच्चतम विन्दु हो । नेप्से ४.२२ प्रतिशतले बढेको हो । आज कूल २१२ वटा कम्पनीको एक करोड ४० लाख २६ हजार ८ सय ८६ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८ सय ८९ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी ,आज सबै भन्दा बढ़ी  कारोबार नेपाल लाइफ इन्स्योरेन्स, प्राइम कमर्सियल बैंक लिमिटेड, नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड आदि भएको थियो भने कमाउने कम्पनिमा हिमालयन डिस्ट्रीलरी ,साल्ट ट्रेडिंग ,नेपाल पुनर्बीमा कम्पनी लिमिटेड रहेकोमा गुमाउनेमा राधी बिधुत ,शिब श्री हाईड्रो, यूनाईटेड फाईनान्स कम्पनी आदि रहेको छ ।





सम्बन्धित समाचार