PalikaExpress
१९ पुष २०७७, आईतवार
692 पटक हेरिएको

बाग्मती प्रदेश – मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट गत मंसिर २९ गते दिनुभएको राजीनामा स्वीकृत भएको छ। उपाध्यक्ष मनिला विष्टको राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिनुभयो। आन्तरिक बिबादका कारण अध्यक्ष र उपाध्यक्ष मनमुटाव भएको थियो।
यस अघि गाउँपालिकाका अध्यक्षले शुरुमा राजीनामा नै आएको छैन भनेर विज्ञप्ती निकाल्नु भएको उपाध्यक्षले बताउनु भयो तर अहिले अध्यक्षले राजीनामा कसरी स्वीकृत गर्नुभयो ? उहाँले भन्नुभयो ? उपाध्यक्ष विष्टले भने आफूले राजीनामा नै नदिएको बताउनुभएको छ । यस सम्बन्धी छिट्टै आफ्नो धारणा सार्वजनिक गर्ने उपाध्यक्षको भनाई रहेको छ ।