१९ पुष २०७७, आईतवार   167 पटक हेरिएको


image

प्राईम कमर्सियल बैंक (PCBL)को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।यस बैंकले  साधारण सभा प्रयोजनका लागि भोली पुस २० गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण  लाभांश प्राप्तको लागि आज सम्मको लगानीकर्ता वा शेयरधनिले आफ्नो नाममा शेयर जारी भएको हुनु पर्नेछ  । यस प्राईम कमर्शियल बैंकले १५% लाभांश वितरण गर्दैछ ।

यस बैंकको सभामा बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने वा गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७६/७७ को वासलात, बित्तीय बिबरण , नाफा–नोक्सान र नगद प्रवाह ऊपर छलफल हुनेछ । साथै आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । 

बैंकको साधारण सभा पुस २९ गते हुने भएको छ । साधारण  सभा काठमाडौंमा भर्चूयल माध्यम बाट बिहान १० बजेदेखि सुरु हुनेछ ।





सम्बन्धित समाचार