१८ पुष २०७७, शनिबार   176 पटक हेरिएको


image

नेपालमा बिगतका केही दशक देखि नै राजनीतिक गतिरोध तथा अस्थिर सरकारका कारण सोचे जस्तो बिकाश नभएको अर्थबिदहरुको ठमयाई रहेको छ। बिभिन्न परिस्तिथि पार गर्दै हालको अवस्था आउदा पनि स्थिर सरकार जनताले पाऊन सकेन । अहिले यसै सन्दर्भमा देशमा हाल रहेको संघीयता नै खारेजीको कुराले नेपाली राजनीतिमा तरंग ल्याएको छ ।प्रधानमन्त्री केपी ओलीले आफू पक्षधर मुख्यमन्त्रीहरुको पद जाने तथा नेकपाका अरु पक्षधरहरु कै मुख्यमन्त्री हुने भएपछि प्रदेशसभा विघटनको तयारी गरिरहेको चर्चा बीच ओली पक्षधरले संघीयता नै खारेजी गर्नु पर्ने सुझाव दिएका छन् ।

प्रधानमंत्री ओलीलाई भेट्नेले संघीयता नै  खारेजीका लागि सुझाव दिने गरेको ओलीका  पक्षका केन्द्रीय सदस्य एव. सांसद निरु पालले बताउनु भयो । ऊहाँका अनुसार धेरै तिरबाट खारेजिको सुझाव आईरहेको छ  ।

अहिले नेकपाको प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओली तथा उनका समूहलाई गणतन्त्र संघीयता र धर्मनिरपेक्षता जस्ता राजनीतिक उपलब्धी मन नपराउने दोष लगाउदै आएका छन् । गणतन्त्र र संघीयतामाथि प्रधानमन्त्री केपी शर्मा ओलीबाट खतरा रहेको नेकपाको प्रचण्ड–माधव समूह टिप्पणी रहेको छ । गणतन्त्र र संघीयताको के होला त्यो आगामी दिनले बताउने छ ।





सम्बन्धित समाचार