१८ पुष २०७७, शनिबार   298 पटक हेरिएको


image

काठमाडौं । राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले रु एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा विजक जारी गरेको आरोपमा काठमाडौँ सीतापाइलास्थित पद्म कोलनीमा बस्ने रामकिशोर प्रसादसहित २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

रामकिशोरको कम्पनी मोहन ट्रेड इन्टरनेशनलसहित अन्य २६ व्यावसायिक फर्मले एक आपसमा मिलेर नक्कली विजक जारी गरी ठगी गरेको आरोप पाइएको जनाएको छ । उनीहरुले अवस्था कमजोर भएका मजदुरलगायतका व्यक्तिको नाममा फर्म दर्ता गरी सञ्चालन गरेको र गलत प्रयोजनाका लागि बैंक खातासमेत खोलेको उल्लेख छ। आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्म उनीहरुले झुट्टा तथा नक्कली विक्री विजक जारी गरी भ्याट छली गरेको पाइएको विभागले जनाएको छ । विभागका अनुसार भ्याटतर्फ रु ४३ करोड ८१ लाख ८० हजार ३७८, आयकरतर्फ रु ८६ करोड ५६ लाख एक हजार र लाभांश करतर्फ दुई करोड आठ लाख ३० हजार ४०२ बराबरको राजश्व चुहावट गरेको पाइएको छ ।





सम्बन्धित समाचार