१७ पुष २०७७, शुक्रबार   502 पटक हेरिएको


image

सिटिजन्स लाईफ ईन्सुरेंन्सले साधारण शेयर (आइपीओ) निष्कासनका लागि ईक्रा रेटिङ प्राप्त  गरेको छ । यस लाईफ ईन्सुरेंन्स कम्पनीको साधारण शेयर (आइपीओ) को लागि ईक्रा नेपालले आइआर “बीबीबी” (ICRANP-IR BBB-(assigned) रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम (वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम) रहेको संकेत गर्दछ । यस लाईफ ईन्सुरेंन्स कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आइपीओ बिक्री गर्ने तयारी गरेको छ ।

यस लाईफ ईन्सुरेंन्सले  साधारण शेयर जारि गर्न अहिलेसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । जीवन बिमा कम्पनीहरुको न्यूनतम पनि चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने बिमा समितिको निर्देशन अनुसार  कम्पनीले अब न्यूनतम ७५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ ।





सम्बन्धित समाचार