१७ पुष २०७७, शुक्रबार   423 पटक हेरिएको


image

काठमाडौंको चर्चित पर्यटकीय स्थल  चन्द्रागिरी हिल्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) मिति २०७७/०९ /२४ गते देखि जारी गर्ने भएको छ । केही समय अघि मात्र यस कम्पनीले स्थानीयको लागि शेयर जारी गरिसकेको छ  ।  यस कंपनीको  दोस्रो पटक सर्बसाधारणको लागि साधारण शेयर जारी गर्न धितोपत्र बोर्डले चन्द्रागिरीलाई अनुमति दिएको हो ।

बोर्डले चन्द्रागिरीलाई प्रतिकित्ता १ सय रुपैयाँका दरले साढे १८ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति दिएको हो । कुल १ अर्ब ५३ करोड चुक्तापुँजी रहेको यो कम्पनीले १२ प्रतिशत सेयर आयोजना प्रभावित र सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । 
निस्कासन बन्द हुने मिति छिटोमा भने मिति २०७७/०९/२८ गते तोकेको छ । उक्त कम्पनिमा कम्तिमा १० कित्तको लागि आवेदन दिनुपर्ने कम्पनिले जनाएको छ । अहिले कम्पनीले १५,३४,०९१  जारी गर्न लागेको हो । जसमा ४% अर्थात ६१३६ ४ कित्ता कर्मचारी र ७६७०५ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएको छ । बाकी रहेको १३९६०२२ कित्ता  सर्बसाधारणले आबेदन दिन पाउने छन ।

यस अघि कम्पनीले स्थानीय र सर्बसाधारणको लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा जारी पूँजीको १२ प्रतिशत बराबरको सेयर जारी गर्न बोर्ड समक्ष आवेदन दिएको थियो । सोही अनुरुप कम्पनीले १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता सेयर निष्काशन गर्नेछ ।धितोपत्र निस्कासन तथा बिक्री प्रबन्धक मा ग्लोबल आइ एम ई क्यापिटललाई रहेको  छ ।





सम्बन्धित समाचार