PalikaExpress
१६ पुष २०७७, बिहीबार
895 पटक हेरिएको

पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका १० पितौजी चोक स्थित पूर्व पश्चिम लोकमार्गबाट पौष १६ गते एपीएफ टोलीले करीव तीन लाख ४६ हजार रुपैयाँ बराबरको मोवाईल सेट बरामद गरेको छ ।
भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९७१७ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा उक्त बसमा वेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको २१ वटा मोवाईल सेट सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मोवाईल सेट महेशपुर भन्सार कार्यालयमा बुझाईएको छ ।