१६ पुष २०७७, बिहीबार   838 पटक हेरिएको


image

लामो समयदेखि बन्द रहेको सबारी चालक अनुमति पत्रको लागि वाग्मती प्रदेशमा अनलाइन फारम भर्ने सेवा आज देखि शुरु गरिएको छ । वाग्मती प्रदेश लगायत अरु प्रदेशमा पनि सबारी चालक अनुमति पत्रको लागि अनलाइन फारम भर्ने सेवा सुरु भएको छ ।

वाग्मती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा सवारीचालक अनुमति पत्र लाईसेन्सको अनलाइन फारम भर्ने सेवा शुरु गरेको हो । काठमाडौँ उपत्यका सहित, बाग्मती प्रदेशका अरु जिल्ला चितवन, नुवाकोट, रसुवा, धादिङ, सिन्धुली, काभ्रे, मकवानपुर, दोलखा र रामेछाप लगायत जिल्लामा स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई सवारीचालक अनुमति पत्र लाईसेन्सको अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरिएको वाग्मती प्रदेश यातायात सेवा कार्यालयले जनाएको छ । वाग्मती प्रदेशका यातायात सेवा कार्यालयका अनुसार केही महिनाअघि लकडाउनका कारण स्थगन गरिएको ट्रायल परीक्षा यही पुस १९ देखि २२ गतेसम्ममा सञ्चालन हुने पनि जानकारी दिनुभएको छ ।अनुमति पत्रको अनलाईन फारम भर्ने तरीका भिडियो सहित https://www.youtube.com/watch?v=i64xvkkgp6g&t=3s यो लिंक खुलेन भने कपि गरेर हेर्न हेर्न सक्नु हुनेछ ।





सम्बन्धित समाचार