१६ पुष २०७७, बिहीबार   576 पटक हेरिएको


image

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्कासन गर्न लागेको साधारण सेयर  (आइपिओ)को इक्रा रेटिङ प्रदान गरेको छ । बैंकको साधारण शेयर आइपिओ लाई इन्क्राले इक्रा एनपी बिबिबी रेटिङ प्रदान गरेको हो । यस रेटिङले कम्पनी समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको मानिनेछ ।

यस बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्काशन गर्दैछ । बैंकले धितोपत्र निष्कासन तथा बिक्री खुल्ला गर्नका लागेको उक्त साधारण शेयर (आइपिओ) नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट मिति  २०७७ पुस १० गते शुक्रबार अनुमति पाइसकेको छ । 

कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।





सम्बन्धित समाचार