१६ पुष २०७७, बिहीबार   178 पटक हेरिएको


image

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको लागि रजिस्ट्रेशन र आवेदन फारम खुलाएको छ ।बिगतमा चैतमा हुँदै आएको एसईईको परीक्षा यो पटक महामारीका कारण जेठमा गर्ने तयारी भए पनि यसबारे निर्णय हुन बाँकी छ । तर परीक्षा कुन विधिबाट सञ्चालन गर्ने भन्ने चाहिँ निर्णय भइसकेको छैन ।चैत, वैशाखसम्म पढ्नका लागि समय दिनुपर्ने भएकाले जेठ महिनामा परीक्षा लिन उपयुक्त हुने भन्दै राष्ट्रिय परीक्षा बोर्डले त्यसै अनुसार तयारी भइरहेको जनाएको छ ।

विद्यार्थीको भौतिक उपस्थिति, अनलाइन वा बिगत जस्तै अरु कुन बिधिबाट सञ्चालन गर्ने भन्ने बारे छलफल भइरहेको बोर्डले जनाएको छ । यस वर्षको एसईई परीक्षामा समावेश हुनका लागि आजदेखि माघ २१ गतेसम्म रजिस्ट्रेशन र आवेदन फारम भरिसक्न बोर्डले सूचना निकालेको छ ।२०७६ सालमा बिद्यालय आन्तरिक मूल्याङ्कनका आधारमा एसईई नतिजा सार्वजनिक गरिएको थियो ।





सम्बन्धित समाचार