१६ पुष २०७७, बिहीबार   515 पटक हेरिएको


image

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (NCCB)ले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको २३ औं वार्षिक साधारणभा यही मिति २०७७ माघ ०९ गते काठमाडौंमा भर्चुयल माध्यमबाट विहान १० बजे हुने भएको छ । सो सभाले संचालक समितिले प्रस्ताव गरेको आ.ब. २०७६/७७ को मुनाफाबाट १०.२६९५% बोनस सेयर र ०.५४०५% नगद लाभांश (कर प्रयोजनको लागि )प्रस्ताव पारित गर्नेछ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आ.ब. २०७६/७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने छ । आ.ब २०७७/०७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

बार्षिक साधारण सभा प्रयोजनको लागि २०७७ पूस २१ गते एक दिन बुक क्लोजको  मिति तोकेको छ । २०७७ पूस २० सम्म कायम सेयरधनीहरुले मात्र सभामा र लाभांश दावी गर्न पाउनेछन् ।





सम्बन्धित समाचार