१५ पुष २०७७, बुधबार   640 पटक हेरिएको


image

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४९.१७ अंकले बृद्धि भई २०६२.०६ पुगेको छ । उच्च अंकले नेप्से बृद्धि हुँदा ९९ लाख १० हजार तीन कित्ता शेयर खरीद बिक्रीबाट  कूल चार अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँको कारोबार भएको छ ।

बुधबार हालसम्मकै सबैभन्दा धेरै २०८ कम्पनीको शेयर कारोबार भएको छ । आज बिशेष गरि यी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छन साल्ट ट्रेडिङ, नागरिक लगानी कोष, शिभम् सिमेन्ट ,हिमालयन डिस्ट्रीलरी लगाएत कम्पनीहरु हुन भने गुमाऊनेमा नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेस्टमेंट फाईनान्स,रिलायंस फाईनान्स आदि सहितका कम्पनीको शेयर मूल्यमा उच्च अंकले घटेको छ ।

त्यस गरि आज धेरै कारोबारमा सिबम सीमेंट ,एनआईसी एसिया बैंक , हिमालयन डिस्ट्रीलरी, नेपाल लाईभ इन्सुरेन्स लगायतका कम्पनीको शेयर कारोबार धेरै भएको नेप्सेले जनाएको छ ।





सम्बन्धित समाचार