१५ पुष २०७७, बुधबार   252 पटक हेरिएको


image

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (NIB)ले वार्षिक साधारणसभा आह्वान गरेको छ ।  बैंकको संचालक समितिको ५४१ औ  बैठकले आगामी मिति २०७७ माघ ०८ गते  कम्पनीको ३४ औं वार्षिक साधारणभा काठमाडौंमा भर्चुयल माध्यमबाट विहान १० बजे हुने भएको जनाएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आ.ब.२०७६/७७ को मुनाफाबाट १३% बोनस सेयर र ५.५०% नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यसै सभा मार्फ़त बैंकको अधिकृत पुँजीलाई १८ अर्ब पुर्याउने बिशेष प्रस्ताबबाट पारित गर्ने जनाएको छ ।

यसै गरि बैंकको संचालक समितिको अध्यक्षबाट प्रस्तुत हुने आ.ब.२०७६/७७ को आर्थिक गतिबिधिको बार्षिक प्रतिवेदन , लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने छ ।आ.ब.२०७७/७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ । साधारण सभा प्रयोजनको लागि मिति २०७७ पौष २२ गते देखि (साधारण सभा सम्पन्न नभए सम्म ) २०७७ माघ ०८ सम्म बुक क्लोज रहेको छ । मिति २०७७ पौष २१ सम्म कायम सेयरधनीहरुले मात्र सभा र लाभांश दावी गर्न पाउनेछन् ।





सम्बन्धित समाचार