PalikaExpress
१४ पुष २०७७, मंगलवार
471 पटक हेरिएको

सर्वोतम सिमेन्ट कम्पनीले साधारण शेयर (आईपिओ) निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीको दोस्रो साधारण सभाले पारित गर्ने गरि विशेष प्रस्ताव गरेको छ ।

कम्पनीको साधारण सभा २०७७ माघ ६ गते मंगलबार बिहान १० बजे बाट काठमाण्डौ हुने भएको छ । कम्पनीको साधारण सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, तथा बिभिन्न बित्तिय बिबरण ऊपर छलफल गरि पारित गर्ने, र लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । यसै सभाबाट धितो पत्रको (साधारण शेयर/आईपिओ) सार्बजनिक निष्काशन बुक बिल्डिंग बिधिबाट गर्ने सम्बन्धमा छलफल गरि पारित गर्ने बिशेष प्रस्ताब रहेको छ ।