एपीएफ टोलीद्वारा सुनसहित पक्राउ ः–
धनुषा, कार्तिक ,०५ ,२०७७ ,
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका ७ स्थित भमरपुरा चोकबाट कार्तिक २
गते एपीएफ टोलीले करीव १६ लाख २३ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक
जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी जिल्लाको बलुवा नगरपालिका ७ बस्ने ३४ वर्षिय
रामचन्द्र साह छन् ।
बा १० च ३५६८ नम्बरको भ्यानमा सवार निज साहलाई सशस्त्र प्रहरी बल, नेपाल
नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा गाडीको सिटमुनी
लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको २ सय ग्राम सुन फेला
परेपछि उनलाई पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसवेला उक्त भ्यान समेत बरामद गरेको छ ।
पक्राउ परेका साहलाई बरामद सुन तथा भ्यानसहित आवश्यक कारवाहीको लागि
भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ । बरामद भ्यानको भन्सार दाखिला
मुल्य १५ लाख रुपैयाँ रहेको छ ।
एपीएफ टोलीद्वारा भारतीय रुपैयाँ बरामद ः–
महोत्तरी,
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ गान्धीगल्लीबाट कार्तिक २ गते
एपीएफ टोलीले तीन लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिहानीबाट गस्तीमा खटिएको
एपीएफ टोलीलाई देख्नासाथैे उक्त भारतीय रुपैया ल्याउँदै गरेका व्यक्तिले
बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछि उक्त झोलामा जाँच गर्दा
उल्लेखित भारतीय रुपैयाँ फेला परेकोे हो ।
बरामद भारतीय रुपैयाँ राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।