१३ पुष २०७७, सोमबार   512 पटक हेरिएको


image

आज साताको दोस्रो कारोबार दिन आज नेप्सेमा शेयर बजारले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक ८.५७ अंकले बढेर २००७.२९ मा पुगेको छ । नेप्से ०.४३ प्रतिशतले बढेको हो ।

कूल २१४ वटा कम्पनीको ७४ लाख ९७ हजार ३ सय ८४ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आज बजारमा नारायणी डेभलप्मेंट बैंक, सेन्ट्रल फाईनान्स,राधी बिधुत आदि कम्पनीले कमाएका छन भने गुमाउने कम्पनीमा (सिद्धार्थ बैंक)SBLD2082 डिबेंचर,सुमित माईक्रो फाईनान्स, समृद्धि फाईनान्स आदि  रहेको छ। त्यसैगरि कारोबारको आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि, सिटिजन इन्भेस्टमेंट ट्रस्ट,एनआईसि एसिया बैंक,नबिल बैंक  आदि कम्पनीले   कारोबार बढ़ी गर्न सफल भएको छ ।





सम्बन्धित समाचार