१३ पुष २०७७, सोमबार   619 पटक हेरिएको


image

देश कै ठूला दुई पुराना बाणिज्य बैंक नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंक बीचको मर्जर प्रक्रिया औपचारिक रूपमै अघि बढेको छ। बजारमा  लामो समय देखि चर्चा कै बिषय रहेको थियो ,तर अब भने यी दुई बैंक बिच लगभग मर्जर जाने पक्का भएको छ । गत वर्ष देखि नै यी दुई बैंक बिच  मर्जरमा रहि  असार अघि नै एकीकृत कारोबार सुरु गर्ने भनिएता पनि मर्जर भाँडिएको थियो।


अब भने  दुवै बाणिज्य बैंकको सम्पत्ति र दायित्व मूल्यांकन (डीडीए) प्रक्रिया अघि बढिसकेको छ । स्रोतका अनुसार यस अघि यी दुई बैंकका प्रमुख कार्यकारी अधिकृत आफु  हुनुपर्ने भन्दै मर्जरलाई तत्काल अघि बढाउन अलमल गरेका थिए। पहिले आपसी असमझदारी ले गर्दा नै यो मर्जरको प्रक्रिया ढीला भएको हो अब आपसी समझदारी कायम राखी मर्जरको प्रक्रियामा लागि परेको एक सम्बद्द कर्मचारीले बताएका छन ।

यो दुई ठूला बाणिज्य बैंक मर्जरपछि पनि आफ्नो स्वामित्व बलियो राख्न ठूला प्रबंधकले अर्को संस्था पनि गाभ्ने प्रस्ताव गरेको बैंकर बताउँछन्। सिभिल, कुमारी ,लक्ष्मी सेन्चुरी जस्ता साना संस्थासँग पनि कुरा भइरहेको, तर पनि बैंक अफ काठमान्डु सँग सहकार्य हुन सक्ने सम्भावना रहेको मर्जर प्रक्रियामा रहेका एक कर्मचारीले बताएका छन । यदि यी तीन बाणिज्य  बैंक मर्ज भए भने ३२ अर्ब १६ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी हुनेछ। अहिले झन्डै १९ अर्ब चुक्ता पुँजी भएको ग्लोबल आईएमई बैंक पुँजीका हिसाबले देश कै सबैभन्दा ठूलो बैंक बन्ने छ।





सम्बन्धित समाचार