१३ पुष २०७७, सोमबार   1766 पटक हेरिएको


image

काठमाडौं। एनसेलले कर्पोरेट सेवालाई लक्षित गर्दै विभिन्न योजना सार्वजनिक गरेको छ । एनसेलले बिज प्लस १४९, बिज प्लस १९९, बिज प्लस २९९, बिज प्लस ४९९ र बिज प्लस ६९९ प्लान ल्याएको हो । एनसेलले यस प्लानमा आफ्नो नेटवर्कका नम्बरमा बिहान ६ देखि साँझ ६ बजेसम्म निशुल्क कल गर्न सक्ने सुविधा दिएको छ । पोष्टपेड सेवाका लागि कुनै पनि डिपोजिट राख्नु नपर्ने एनसेलले जनाएको छ । त्यस्तै, कुनै कम्पनीले आग्रह गरे क्रेडिट सुविधा समेत दिने एनसेलले जनाएको छ। ९००७ डायल गरेर एनसेलले कर्पोरेट सिम प्रयोगकर्तालाई छुट्टै कस्टमर केयर सेवा दिने जनाएको छ ।

३० दिने बिलिङ साइकल प्रणाली रहेकाले मासिक रेन्टल शुल्क नितिर्दा पनि आउटगोइङ कल ब्लक नहुने विशेषता यो सिममा रहेको । एनसेलका अनुसार मासिक रेन्टल नतिरेमा कर्पोरेट युजर ग्रुप र बिहान ६ देखि साँझ ६ सम्मको अन नेट सेवा उपलब्ध नहुने पनि विज्ञप्तिमा उल्लेख ‘छ ।





सम्बन्धित समाचार