PalikaExpress
१२ पुष २०७७, आईतवार
723 पटक हेरिएको

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको पुस १० गते, शुक्रबार बसेको सञ्चालक समितिको ९६ औ बैठकले गरेको निर्णय अनुसार संस्थाको तेस्रो वार्षिक साधारण सभा माघ ४ गते बिहान ९ बजेबाट सुरू हुनेछ ।

सभामा लामो समय देखि पर्खाईको मुख्य बिषय एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जर सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने प्रतिवेदन माथि छलफल गरि पारित गर्ने विशेष प्रस्ताव रहेको छ ।सो सभाबाट सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, आर्थिक विवरण तथा लेखापरीक्षण विवरण तथा अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने लगायतका एजेन्डाहरूमा छलफल हुनेछ ।