१२ पुष २०७७, आईतवार   475 पटक हेरिएको


image

आज पूस १२ गते धितोपत्र दलाल व्यवसायीहरुले  ब्रोकर कमिसन घटाएको कारण बिरोध स्वरूप धितोपत्र बोर्डमा पुगी ज्ञापन पत्र बुझाएका छन्।धितोपत्र दलाल व्यवसायीहरुले  तत्काल नयाँ कमिसन दर पुनरावलोकन गर्न बोर्डलाई ज्ञापनपत्र बुझाएका हुन् । आज मिति २०७७ पूस १२ ,आइतबार बिहान १० बजे पचाँस ब्रोकर कम्पनीका धितोपत्र दलाल सदस्यहरू धितोपत्र बोर्डको कार्यलय पुगेका हुन् । बोर्डले  मिति २०७७ पूस १२ गते बाट लागू हुने गरि नयाँ कमिसन दर निस्काशन गरेको थियो । न्युनतम शुल्कमा ६०% ,सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ५० % र संगठित संस्थाको शेयर खरिद तथा बिक्री कारोबारमा लिँदै आएको शुल्कमा ३३% ले घटाएको छ ।

ब्यबसायीहरुका अनुसार दलाल व्यवसायीहरूले गर्न सक्ने कार्यक्षेत्र थप नहुँदा आम्दानीका स्रोतहरू नभएको, बजारको विश्वसनीयता कायम राख्न दलाल व्यवसायीले बहन गरेको वित्तीय तथा सञ्चालन जोखिम भएको , सस्तो कमिसन दरलाई नयाँ लगानीकर्ता आकर्षित गर्ने निति लिएको , बजारको गतिशीलता बढाउने नाममा थप ६०% सम्मको कमिसन कटौती गर्नु खेदपूर्ण रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।





सम्बन्धित समाचार